कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

सोमबार वडा नम्बर १५ को मतगणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १६२२ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी विद्या भट्टराईले १२७६ मत प्राप्त गरेकी छिन् । हालसम्म ५३८६ सदर मत गणना भइसकेको छ ।

यस क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल र राप्रपाका सुवर्णराज पन्तले उम्मेदवारी दिएका थिए । सत्तारुढ गठबन्धन बरालले ८६९ मत प्राप्त गर्दै तेस्रो स्थानमा कायम छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button