पोखरामा विद्यालयको होस्टलमा बस्दै आएका दुई बालक चार दिनदेखि बेपत्ता

पोखराको एक विद्यालयको होस्टेलमा बस्दै आएका २ किशोर ४ दिनदेखि बेपत्ता भएका छन् ।

पृथ्वीचोकस्थित होली एन्जल स्कुलको रातोपैह्रास्थित शान्ति बाल होस्टेलमा बस्ने कक्षा ८ का सज्जन विक र कक्षा ९ का गणेश क्षेत्री गएको शुक्रबारदेखि बेपत्ता भएका हुन् । उनको खोजीमा विद्यालय, बच्चाहरुको परिवार, आफन्त र प्रहरी लागिपरे पनि फेला पार्न नसकिएको जनाइएको छ । पर्वतको भुकताङ्ले घर भई हाल घारीपाटन बस्दै आएका सज्जन १६ वर्षका हुन् भने पोखराको बेगनास घर भएका गणेशको उमेर १८ वर्ष रहेको छ ।

विद्यालयका प्रधानाध्यापक विनोनकुमार नेपालीले शुक्रबार बिहान ८ बजे होस्टेलबाट कसैलाई पनि नसोधी गएकोमा उनीहरुसम्म हालसम्म सम्पर्कमा नआएको बताए । खोजीको लागि शनिबार नै छोरेपाटन प्रहरी चौकीमासमेत खबर गरिएको उनले जानकारी दिए । बच्चाहरु एक्कासी हराएपछि परिवार, आफन्त तथा साथीभाइको घर वरपर गई खोजी गरे पनि अझैसम्म फेला नपर्दा उनीहरुको आफन्त आत्तिएको पनि उनले बताए ।

सो होस्टेलमा छात्र र छात्रा गरी कुल १७ जना बस्दै आएका थिए । छोराहरु हराएपछि उनीहरुको अभिभावकले आफ्नो सन्तानको खोजी गरिदिन अपिल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button