बाग्लुङ १ मा केसी र २ मा पौडेल निर्वाचित

बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले) का सूर्य पाठकलाई पराजित गर्नुभएको हो ।

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गर्नुभयो ।

विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित हुनुभएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

त्यस्तै बाग्लुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो ।

विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिनुभएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गर्नुभयोे । उहाँका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button