कास्की १ मा एमालेको अग्रता कायमै

कास्कीको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो मतगणना अनुसार एमालेका मन बहादुर गुरुङले १६ हजार ३ सय ९ मत पाउँदा नेपाली काङ्ग्रेसका किशोर दत्त बरालले १४ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु रा ५ हजार ३ सय ८३ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

पछिल्लो अपडेटअनुसार कास्की १ मा ४० हजार ४ सय २ मत गणना भइसकेको छ । यसअघि कास्की २ मा एमाले कै विद्या भट्टराई निर्वाचित भइसकेकी छिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button