कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज मङ्सिर ८ गते २०७९ साल, बिहीबार । तद्नुसार नोभेम्बर महिनाको २४ तारिख २०२२ । मार्गशुक्लपक्ष प्रतिपदा, किस्तुध्न करण, अनुराधा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज सूर्योदय बिहान ६ः३१ मा भयो भने सूर्यास्त साँझ ५ः१० मा हुनेछ ।

आज बिहान ११ः३० देखि १२ः१२ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् । बिहीबार शिक्षण कार्य, अध्ययन अध्यापन र लेखनको काममा लाग्नु उत्तम हुनेछ । आज धार्मिक कार्य, आर्थिक कारोबारका लागि पनि राम्रो समय हो । विलासिताका सामान खरिदका लागि दिन उपयुक्त रहेको छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकलाई मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ । आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुनेछ । आजको दिन मनमा खुसी छाउने छ । परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बगंलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – कर्कट राशिका जातकका लागि आफ्नो सोच र परिवारका कुरा नमिल्दा मनमा नकारात्मक भावना आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । आज अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नु भएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – मानसिक असन्तोष र सोचअनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ। चन्द्रमाको साथ रहेको छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिनेछ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्छ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रगाढ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकलाई आजको दिन सोचअनुसारको कार्यसफलता र शत्रुमाथि विजय प्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्यसमेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातकले आज सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद  र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गले बिहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button