कास्कीमा म्यादी प्रहरीको बिदाई

कास्कीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ भर्ती भएका म्यादी प्रहरीको बिदाई गरिएको छ ।

आज एक कार्यक्रमबीच कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय के.सीको उपस्थितिमा म्यादी प्रहरीहरुलाई बिदाई तथा प्रशंसा पत्र वितरण गरिएको हो ।

कार्यक्रममा प्रजिअ केसीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निःस्वार्थ भावनाले ड्युटीमा खटिएको भन्दै सम्पुर्ण म्यादी प्रहरीलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै प्रहरी उपरीक्षक अजय के.सीले नेपाल प्रहरीमा रहँदा बस्दा सिकेका राम्रा कुराहरू तथा अनुभवहरू व्यक्तिगत जिवनमा अनुसरण गर्न आग्रह गर्दै ४० दिनका लागि नेपाल प्रहरीको सदस्यको रूपमा रही देशलाई सेवा गरेकोमा म्यादी प्रहरीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

४० दिनका लागि खटिएका म्यादी प्रहरीहरुले यस अवधिमा तलब, रासन भत्ता, पोशाक भत्ता र यातायात खर्च गरी कुल ५० हजार १ सय ६० रुपैयाँ प्राप्त गरेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button