पोखरा महानगर क्षेत्रमा सडक किनाराका बोटबिरुवाहरू काट्न बन्देज

पोखरा महानगरपालिका क्षेत्रभित्र मुख्य मुख्य सडक तथा सहरी बजार क्षेत्रको सडक किनारामा सडक-सहर सौन्दर्य तथा हरियाली प्रवर्द्धनका लागि संरक्षण गरिएका बोटबिरुवाहरू कटानमा बन्देज लगाइएको छ ।

संरक्षण गरिएका ती बोटबिरुवासहित अन्य क्षेत्रमा रहेका रुख बिरुवाहरूसमेत आफूखुसी कटान गरेको पाइएकाले त्यस कार्यलाई तत्काल बन्द गरी सडक-सहर सौन्दर्य तथा हरियाली प्रवर्द्धनका खातिर ती बोटबिरुवाहरूको संरक्षणमा सहयोग गर्न महानगरपालिकाले आग्रह समेत गरेको छ ।

सूचनाको अवज्ञा गरी संरक्षण गरिएका ती बोटबिरुवा र अन्य क्षेत्रमा रहेका रुख बिरुवाहरू कटान गरेको पाइए नियमानुसार कारबाही हुने महानगरले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button