कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज मङ्सिर ११ गते २०७९ साल, आइतबार । तद्नुसार नोभेम्बर महिनाको २७ तारिख २०२२ । मार्गशुक्लपक्ष चतुर्थी, विष्टि करण, पूर्वषाढा नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः२४ भयो भने सूर्यास्त ५ः१० मा हुनेछ । आज बिहान ११ः३१ देखि १२ः१३ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्नाले साताका दिन शुभ हुने मान्यता रहेको छ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आजका देवता अग्नि र ग्रहदेव शनि रहेका छन् ।

सरकारी कामकाज रोकिएको छ भने आजको दिन शुरुवात गर्दा यसै साताका दिनमा सकिनेछ । आजको दिन अध्ययन र फलामका सामान खरिद गर्नु उपयुक्त मानिन्छ । आफनो कार्य क्षेत्रमा दत्तचित्त भएर कार्य गर्नु उत्तम हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम सुुरु गर्दा साताभर कार्यसिद्धि हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन यात्राको लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।  आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – मिथन राशिका जातकको आजको दिन परिवार र आफन्तजनसँग आर्थिक विवाद हुनसक्छ । आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन कर्कट राशि भएका जातकको दाम्पत्य जीवनमा विवाद हुनसक्छ । कुनै पनि काम गर्दा धैर्यको आवश्यकता छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा बेस हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिनेछ । सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको महसुस हुनेछ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउनेछ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै वर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – दाम्पत्य जीवनमा सुख, समृद्धिका साथै आजको दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातकका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कुमारी केटीलाई फलाहार र वस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा र पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित कामबाहेक नयाँ काम नगर्नुहोला । आज विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आजको दिन व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउनेछ । शत्रुलेसमेत तपाईको कार्यप्रशंसा गर्नेछन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैसँग पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – आफन्तलाई आजको दिन भेट गर्दा साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्न उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन सुरु गरेको कार्य फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुभकार्य गर्न सक्नुहुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – मकर राशिको जातकका लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारकोसमेत साथसहयोग रहनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकले हरेक साताको आइतबार बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम बित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयमा शिवालय यात्रा गर्दा फलदायी हुनेछ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्य गर्नुहोला ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button