कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो :  आज मङ्सिर १२ गते २०७९ साल, सोमबार । तद्नुसार नोभेम्बर महिनाको २८ तारिख २०२२ । मार्गशुक्लपक्ष पञ्चमी, आजको दिनलाई विवाह पञ्चमी भनिन्छ । आज जनकपुरमा विवाह पञ्चमीको विशेष उत्सव मनाउने गरिन्छ । रामायणकालीन समयमा मर्यादापुरुषोत्तम राम र सीताको विवाह भएको दिनको रुपमा विवाह पञ्चमीमा अध्योध्याबाट जनकपुर जन्ती आउने प्रचलन रहेको छ ।

आज उत्तरषाढा नक्षत्र, वृद्धि योग, बालव करण, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः२५ मा भयो भने सूर्यास्त ०५ः१० मा हुनेछ । आज ०७ः५५ देखि ९ः१४ को समय राहुकाल रहेको छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेका छन् ।

विवाह पञ्चमी भएकाले आजको दिनलाई विशेष दिन मानिन्छ । त्यसैले आजको दिन विवाह र अन्य कुनै शुभ कार्य गर्नको लागि साइत हेरिरहनु पदैन । सोमबारका दिन सवारी साधन खरिदको लागि उत्तम दिन रहेको छ । आजको दिन नयाँ वस्त्र, र कुनै पनि चलायमान र छिटो कारोबार हुने वस्तुको सामान खरिद बिक्री गर्न उत्तम रहेको छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिको जातकको लागि आजको दिन त्यति अनुकुल छैन । व्यापार व्यवसायबाट भने सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, शारीरिक अस्वस्थ हुँदा मनमा निराशा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – तपाईको आजको समय र दिन अनुकुल रहेको छ । नयाँ वस्त्र, आभुषण प्राप्त हुनेछ भने परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार व्यवसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि आजको दिन शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – मनमा अशान्ति र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले आजको दिन  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । आज बिहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र वृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । तुला राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रशंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । आजको दिन सोचअनुसारकै काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । आध्यामिक यात्राको लागि पनि आजको दिन फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – मकर राशिका जातकले आज सुर्योदयको दर्शन गर्नुहोला । आजको दिन आर्थिक वृद्धि हुने सम्भावना  छ । मन भने अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ । चन्द्रमाको साथ रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – मनमा प्रसन्नता छाउने छ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला। कुम्भ राशिका जातकलाई आजको दिन सोचअनुसारको कार्यसफलता  र शत्रुमाथि विजयप्राप्ति हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिनेछ । आजको दिन तपाईको लागि निकै शुभ पनि रहेको छ । आजको दिन बिहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने तपाईको दिन र साता नै फलदायी हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button