पोखरामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको ९० प्रतिशत तयारी पूरा

आउँदो मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा आयोजना हुने लागेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को ९० प्रतिशत तयारी पूरा भएको छ ।

“लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रबर्द्धन” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको व्यापार मेलाको बाकिँ काम अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय भोलि बिहीबारसम्म सम्पन्न हुने आयोजकले जनाएको छ । मेलाले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्धन तथा बजारीकरणमासमेत सघाउ पुर्याउने आयोजकले बताएको छ ।

मेला नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गर्न लागिएको हो । मेलालाई गण्डकी सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेका छन् भने पोखराको प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सले मुख्य प्रायोजनमल गरेको छ ।

यसका अलावा मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि, इसेवा प्रालि, गरिमा विकास बैंक प्रालि,बाल्ट्रा होम एप्लायन्स तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह प्रायोजन रहेको जनाइएको छ । मेलालाई वाइवाई चाउचाउ,राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल,प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार,गृहलक्ष्मी ग्यास कम्पनी,नेपाल टेलिकम, कोसेली तेल,युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी, हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ, सफल दूध, उपकार ब्राण्ड, अर्ना बियरको प्रायोजन रहेको पनि जनाइएको छ ।

आयोजकका अनुसार मेलामा मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, टिकट प्रायोजकमा किङ क्वाइल, गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा, ब्रोसर प्रायोजकमा माछापुच्छ्रे बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक, मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल, हेल्थ पार्टनरमा मणिपाल अस्पताल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, मिडिया पार्टनरमा सिटीवान टेलिभिजन र अन्नपूर्ण एफएम रहेका छन् ।

मेला आयोजनाका लागि गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको थियो । मेलाको गण्डकी प्रदेशका सञ्चार,कानून तथा प्रदेशसभा मामिलामन्त्री एवम् पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहेका छन् जसमध्ये सबैजसो स्टलहरु बुकिङ भइसकेका आयोजकले जनाएको छ । विशेष उत्पादनहरुको लागि केही स्टल भने रिजर्भ राखिएको पनि आयोजकले जानकारी दिएको छ ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण हुने जनाइएको छ । मेलाको थप आकर्षणका रुपमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम, रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि आयोजना हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार सिटिइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम पनि प्रदान गर्नेछ । मेलामा प्रत्यक्ष रुपमा हस्तकलाका विभिन्न सामग्री निर्माण गरेको नियाल्ने अवसर पाइने आयोजकले दाबी गरेको छ ।

मेलाको सर्वसाधारणको लागि एक सय र विद्यार्थीको लागि ६० रुपैयाँ प्रवेश टिकट कायम गरिएको छ । मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

यसपटक मेलाबाट अनुमानित आम्दानी रु. एक करोडमा अनुमानित खर्च रु ८५ लाख कटाउँदा रु. १५ लाख बचत हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मेलाका संयोजक पवनकुमार प्रजापतिले बताएका छन् । उनले मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रबर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने पनि जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button