नवलपुरमा जीप दुर्घटना, दुईको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ ।

दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ ।

साँझ साढे ५ बजे भएको दुर्घटनामा जीप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button