कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज मङ्सिर १९ गते २०७९ साल, सोमबार । तद्नुसार डिसेम्बर महिनाको ५ तारिख २०२२ । मार्गशुक्लपक्ष द्धादशी तिथि, कौलब करण, अश्विनी नक्षत्र, परिध योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः४१ मा भयो भने सूर्यास्त ०५ः०८ मा हुनेछ ।

आज बिहान ११ः३४ देखि १२ः१५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता विश्वकर्मा र ग्रहदेव शनि रहेका छन् । सोमबारको शिवजीको बार भएकाले शिवालयको यात्रा गर्नु उत्तम हुनेछ । आजको दिन सवारीसाधन किनबेचका लागि पनि उत्तम रहेको छ । व्यवसायको शुरुवातको लागि दिन शुभ रहेको छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग मिल्नेछ । यात्रमा गर्दा भने कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुहोला । आजको दिन शिवालय यात्रा गर्दा मनोवाञ्छित इच्छा पूरा हुँदै जानेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका व्यक्तिलाई विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । पारिवारिक समस्याका कारण आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला । आफ्ना शुभचिन्तकको वचन मान्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति वैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – तपाईलाई आजको दिन मनमा अशान्ति र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नै आरोप लाग्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले काम गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला । साना कन्यालाई भोजन र केही खानेकुरा वा वस्त्र दान दिनुहोला ।  आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आजको दिन यात्रामा अवरोध आउनसक्छ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको भने प्रशंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र वृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आज अर्थलाभ हुने सम्भावना  छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन सो रकम प्राप्त पनि हुनसक्छ । तर, मन भने अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउनेछ । कुम्भ राशिका जातकलाई आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । आजको दिन मौन रहनु बेस हुनेछ । कसैप्रति वैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला । शिवालय यात्राले तपाईमा आत्मबल वृद्धि हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button