चितवनमा बुलेट बाइक र पिकअप ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

चितवनको फिस्लिङ नजिकै बुलेट बाइक र पिकअप ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै आज बिहान ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०३–००१ च १६८२ नम्बरको योद्धा पिकअप ठक्कर खाएका थिए । घटनामा २४६३७८९५९ नम्बरको पासपोर्ट भएका माइकल मेयर ओल्बरस्लेबेन नाम गरेका जर्मन नागरिकको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा गम्भीर घाइते माइकललाई उपचारका चितवन मेडिकल कलेज लगिएकोमा दिउँसो १२:१५ बजे मृत्यु भएको जनाइएको छ ।

घटनामा बुलेट बाइकको पछाडि सवार महिला सामान्य घाइते भएको जनाइएको छ भने बोलेरोमा सवार ७३ वर्षीय निरबहादुर तामाङको पनि चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले पिकअप चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई नियन्त्रणमा लिएको छ ।

घटनामा बुलेट बाइक सडकबाट करिब ५० मिटर तल खसेको छ भने पिकअप नदी किनारमै पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button