सुपादेउराली दर्शन गरी फर्किदा कार दुर्घटनाग्रस्त, तनहुँका पाँच घाइते

अर्घाखाँचीको धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिरको दर्शन गरि फर्कने क्रममा कार दुर्घटना भई तनहुँका पाँच जना घाइते भएका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका-२ झोलुङ्गे पेल नजिकै ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा एकै परिवारका पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरूमा आँबुखैरेनी-३ घर भएका २८ वर्षीय शिशिर त्रिपाठी, ५१ वर्षीय अंशु त्रिपाठी, ५५ वर्षीया लक्ष्मी त्रिपाठी, २५ वर्षीय प्रकृति त्रिपाठी र ३२ वर्षीय चालक सिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि बुटवल लगिएको छ भने सामान्य घाइते दुई जनाको प्राथमिक स्वास्थ केन्द्र ठाडामा उपचार भएको जनाइएको छ ।

दुर्घटनाग्रस्त कार ब्रेक फेल भएर सडकबाट करिब ८० मिटर तल खसेको स्थानीयले जनाएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रुवाहक बसका यात्रुले दुर्घटनाग्रस्त कार देखेपछि घाइतेको उद्धार गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button