पोखरा ट्रेड मलको बम्पर उपहारमा ताराले जितिन् ५० हजार

पोखरा महानगरपालिका ७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल भएकी छिन् ।

ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशीले गद् गद् भएको उनले बताइन् । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण गरेको थियो ।

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गरे । विजेता तीनै जनालाई हिजो सो पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button