मिस तामाङ पोखराका प्रतियोगीलाई प्रशिक्षण शुरु

मिस तामाङ पोखरामा सहभागी हुने प्रतियोगीका लागि पोखरामा शनिबारदेखि शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

२८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो । युवायुवतीहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो ।

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्युसम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारेमा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो ।

३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरा पुम्दीभुम्दीकी मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरकी खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीकी सुप्रिया तामाङ्ग, सेदीकी रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्गले सहभागिता जनाएका छन् ।

त्यसै गरि लेकसाइडकी आकृति ब्लोन, मियापाटनकी रसिला तामाङ्ग, रिठेपानीकी रेनुका तामाङ्ग, न्युरोडकी विकिता तामाङ्ग, लामागाउँकी सुमित्रा तामाङ्ग, बगालेटोलकी लक्ष्मी तामाङ्ग, अर्विना तामाङ्ग, विजयपुरकी विपना तामाङ्ग र जिरोकिलोमिटरकी जिना थिङ्ग पनि प्रशिक्षणमा सहभागी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button