पोखरा महानगरमा पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता आज सकिँदै, अब पार्किङ शुल्क नलाग्ने

पोखरा महानगरका विभिन्न क्षेत्रमा पार्किङबापत् शुल्क उठाउन महानगरले निजी कम्पनीसँग गरेको ठेक्का आज मङ्गलबार सकिदैछ ।

पोखरा महानगरले यसअघि वि.सं २०७७ सालको मङ्सिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन संकलनका लागि निजी कम्पनी फेवा सावित्री जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षका लागि भएको उक्त ठेक्का सम्झौतामार्फत महानगरले तीन करोड १६ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

सोही सम्झौताअनुरुप कम्पनीले २०७७ सालको मङ्सिर २८ देखि २०७९ सालको मङ्सिर २७ गतेसम्म पोखराका विभिन्न क्षेत्रमा पार्किङ व्यवस्थापन भनेर शुल्क उठाउँदै आएको छ । कम्पनीले हाल प्रतिदिन पार्किङ शुल्क भनेर मोटरसाइकल र स्कुटरलाई १० रुपैयाँ उठाउँदै आएको छ । त्यसैगरी ठुला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ उठाइएको थियो भने कम्पनीले मझौला सवारी साधनलाई मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घन्टा शुल्क उठाउँदै आएको थियो ।

पोखराका मेयर धनराज आचार्यले गत असारमै यस ठेक्काको म्याद सकिएपछि अब भने पार्किङ निशुल्क हुने घोषणा गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button