मुस्ताङ टुरमा गएका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु

शैक्षिक अवलोकनका लागि मुस्ताङ गएका एक विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु भएको छ ।

मुस्ताङको वाराजुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिकै गुडिरहेको बसबाट खसेर मङ्गलबार गुल्मी घर भएका मेखबहादुर परियारको मृत्यु भएको हो । १९ वर्षीय परियार बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम पुगेको ना १ ख ७६८३ नम्बरको बस विद्यार्थी बोकेर बिहान करिब ९ बजे मुक्तिनाथ दर्शनका लागि हिँडेको थियो । विद्यार्थीको ढोकाबट खसेर मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानका लागि बसका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button