काभ्रेको बेथानचोकमा बस दुर्घटना, ठूलो मानवीय क्षति भएको आशंका

काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । साँझ ६ बजेतिर भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको जनाइएको छ ।

बेथानचोक ५ च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । व्रतबन्धमा सहभागी भएर फर्किरहेका यात्रु सवार बस दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल लगिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button