कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज मङ्सिर २८ गते २०७९ साल, बुधबार । तद्नुसार डिसेम्बर महिनाको १४ तारिख । पौषकृष्णपक्ष षष्ठी तिथि, गर करण, मघा नक्षत्र, वैधृति योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४६ भयो भने सूर्यास्त ५ः११ बजे हुनेछ । आजका देवता दिती र ग्रहदेव गुरु हुन् ।

आज ११ः३८ देखि १२ः२९ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा आजको सबैभन्दा शुभ समय हो । ऋण लिनु परेमा आजको दिन शुभ रहेको छ । आजको दिन उत्तर दिशातर्फको यात्रा नगर्नुहोला । आर्थिक कारोबारका लागि पनि आजको दिन शुभ रहेको छ । घर गृहस्थसम्बन्धी कार्य गर्न आज उपयुक्त दिन हो । बुधबार अचल सम्पत्तिको कारोबार गर्दा हानी हुनसक्छ । आजको दिन व्यापार व्यवसाय, भवन निर्माण र विलासिताका सामान खरिद गर्दा शुभ हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – तपाईले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउनेछ । आजको दिन तपाईको मन प्रवल हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउनेछ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईका नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आए आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउनेछ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – तपाईको मनमा प्रसन्नता छाउनेछ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै उत्तम हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नुहोला । सकारात्मक सोच राखेर काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउनेछ । अध्ययन अध्यापनको क्षेत्रमा कार्य गरिरहनुभएको छ भने सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन् भने तपाईलाई हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – व्यापार व्यवसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउनेछ । शत्रुलेसमेत कार्यप्रशंसा गर्नेछन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिनेछ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने आशीर्वादले उर्जा थपिनेछ । आजको दिन नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन आफ्नो आम्दानीबाट भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम हुनेछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउनेछ । देवालय र शिवालयमा पुगेर दर्शन गर्नाले मन हर्षित हुनेछ । गौमाता र भोका जनावरलाई केही खाना दिनुभयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस होला । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा गल्तीको गरेको महसुस हुनसक्छ । कुम्भ राशिका जातकका लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button