पुस ६ देखि पोखरामा लिटरेचर फेस्टिभल, केपी ओलीदेखि गगन थापासम्म आउँदै

यही पुस ६ गतेदेखि ११ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ ।

दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली देखि काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा गगन थापा वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद कार्यक्रम रहेको आयोजकले जनाएको छ । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौँ गएका र काठमाडौँमै बसेका व्यक्तिले भोगेको काठमाडौँ कोसमाज एवम् जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।

साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार वसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनको भनाइ छ ।

फेस्टिभलमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्ने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button