पोखरा महानगर पार्किङ ठेक्का : पूर्व मेयरकै पालामा थपिएको थियो म्याद

पोखरा महानगरमा सवारी व्यवस्थापनका लागि निजी कम्पनीलाई दुई वर्षका लागि प्रदान गरिएको ठेक्का गुपचुप रुपमै पूर्व मेयरको कार्यकालको अन्त्यतिर चार महिनाका लागि थपिएको भेटिएको छ ।

महानगर स्रोतका अनुसार २०७९ को मङ्सिर २७ मा सकिनुपर्ने ठेक्काको गत वैशाख २२ मै चार महिना थप गरि आगामी चैत मसान्तसम्म शुल्क उठाउन पाउने गरि म्याद थप गरिएको हो । कोरोना महामारीको कारण देखाउँदै उक्त म्याद थपिएको सम्झौतामा उल्लेख भएको जनाइएको छ ।

पोखरा महानगरले यसअघि वि.सं २०७७ सालको मङ्सिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन संकलनका लागि निजी कम्पनी फेवा सावित्री जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षका लागि भएको उक्त ठेक्का सम्झौतामार्फत महानगरले तीन करोड १६ लाख ७० हजार रुपैयाँ प्राप्त गर्ने भनिएको थियो । तर महानगर स्रोतका अनुसार महानगरलाई ठेक्का सम्झौताअनुरुप पैसा पनि प्राप्त भएको छैन ।

महानगरले भने ठेक्का बमोजिमको रकस असुल नगरे ठेक्का रद्द गर्ने तयारी गरेको छ । पोखराका मेयर धनराज आचार्यले गत असारमै यस ठेक्काको म्याद सकिएपछि अब भने पार्किङ निशुल्क हुने घोषणा गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button