कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस ३ गते २०७९ साल, शनिबार । तद्नुसार डिसेम्बर महिनाको १८ तारिख । पौषकृष्णपक्ष दशमी, बणिज करण,  हस्त नक्षत्र, सौभाग्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः४८ मा भयो भने सुर्यास्त ०५ः१२ मा हुनेछ । आजका देवता ब्रह्मा र ग्रहदेव शुक्र हुन् ।

आइतबार सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आज कसैसँग विवाद हुने काम गर्दा साताका दिन कार्यमा असफलता प्राप्त हुनसक्छ । बिहान ११ः४० देखि १२ः११ सम्मको समय अभिजित मुर्हूत रहेको छ । यो समयमा गरेको काम राम्रो हुनेछ । सरकारी कामकाजको लागि पनि दिन शुभ रहेको छ । कुनै सरकारी काम आज शुरुवात गरियो भने साता भित्र सम्पन्न हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – आज स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । उत्तर दिशातर्फ यात्रा नगर्नुहोला । कसैको अहित हुने काम पनि नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका जातकका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशातर्फको यात्रा फलदायी  हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ तर मनमा चिन्ता र भय भने हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सुर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । तपाईको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु बेस हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईका लागि अनुकूल रहेको छ । नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । परिवारका सदस्यलेसमेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – आज सूर्योदयको दर्शन गर्नुहोला ।  नयाँ र सत्संगी मित्रसँगको भेटले काममा उत्साह थपिनेछ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । कुनै कन्यालाई फल र दक्षिणा दिनुभयो भने आशीर्वादले सकारात्मक सोच बढ्नेछ । वृद्ध व्यक्तिलाई खाना र कपडा उपहार दिनु राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानि हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्वेषभाव नराख्नुहोला । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्नेछ । नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हट्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – सन्तानबाट सुख प्राप्त हुनेछ भने परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिनेछ । अनावश्यक आरोप लाग्नसक्छ । आज कुनै देवालय, शिवालयको यात्रा गरेर दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता वृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौँ भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा ऊर्जा थपिनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । वृद्ध र बालकलाई मानसम्मान गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम गर्न सक्नुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनको साथ सहयोग पाउनुहुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – सूर्योदयको दर्शन गरेर देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातका लागि आइतबार उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साताभित्र काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button