पोखराका दुई ठुला डिस्प्लेमा विश्वकपको फाइनल हेर्न पाइने

पोखराको हल्लनचोक र पृथ्वीचोकमा रहेका दुई ठुला एलइडीमा विश्वकप फुटबलको फाइनल हेर्न पाइने भएको छ । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनल खेलमा आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन् ।

पोखरा महानगरपालिका, परिचय एड्भरटाईजिङ र एपिआई मिडियाजको सहकार्यमा गण्डकी प्रदेश कै सबैभन्दा ठुलो एलइडी डिस्प्ले पृथ्वीचोक र हल्लनचोक पोखरामा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ । महानगरले ठुलो पर्दामा खेल हेर्न चाहने खेल प्रेमी पोखरेली दर्शकका लागि उक्त अवसरको प्रबन्ध गरेको पनि बताएको छ ।

महानगरले खेल समयमा ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिसकेकाले उल्लेख गर्दै सवारी आवागमनमा कुनै अवरोध नहुने गरी फाइनल हेर्न अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button