कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस ४ गते २०७९ साल, सोमबार । तद्नुसार डिसेम्बर महिनाको १९ तारिख । पौषकृष्णपक्ष सफला एकादशी तिथि, बब करण, चित्रा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४९ भयो भने सूर्यास्त ५ः१२ बजे हुनेछ । आज बिहान ०८ः०० बजेदेखि ९ः२६ बजेसम्म राहुकाल रहेको छ । यो समयमा शुभ कार्य नगर्नुहोला ।

एकादशीको दिन व्रत बस्नेहरुले अन्न ग्रहण गर्दैनन् । एकादशीको दिन फलाहार मात्र गर्दछन् । आज बिहान ११ः४१ देखि १२ः२२ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । सोमबार शिवालयको यात्रा शुभ रहेको छ । सोमबार राति श्री पशुपतिनाथमा धर्नुमास पूजा हुदैछ । रातको १२ बजेदेखि शुरु हुने पूजा मंगलबार बिहानसम्म हुनेछ  । सफला एकादशी र सोमबार पनि भएकाले आज सनानतीहरुको लागि विशेष दिन हो ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग हुनेछ । तर यात्रा गर्दा भने कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्नेछ । आजको दिन शिवालय यात्रा गर्दा मनोवाञ्छित इच्छा पूरा हुँदै जानेछ । मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा भने निराशा छाउने छ । पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउनेछ । बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन मन अशान्त र निराश हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नै आरोप लाग्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले कार्य गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । बालक, बालिकालाई भोजन गराउनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउनेछ । चन्द्रमाको साथ रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आजको दिन यात्रामा अवरोध आउनसक्छ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रशंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र वृद्धलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – तपाईको लागि आज अर्थलाभ हुने सम्भावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन फिर्ता प्राप्त हुनसक्छ । तर, मन अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – आजको दिन हुने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजलाई दिन सोचअनुसारको काममा सफलता र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिनेछ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । आजको दिन मौन रहनु बेस हुनेछ । कसैप्रति वैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल वृद्धि हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button