यी हुन् पोखरामा सञ्चालन गर्न सकिने पाँच व्यवसाय

अक्सर रोजगारको खोजीमा हुने नेपालीहरु उद्दमशीलतातर्फ भने खासै अग्रसर भएको पाइदैन । निकै राम्रो शैक्षिक योग्यता भएका व्यक्तिहरु पनि सामान्य जागीर खोज्दै हिँडेको भेट्न सक्छौ । यसै सन्दर्भमा पोखरा न्युजले सानो लगानीबाटै पोखरा क्षेत्रमा सम्भाव्य बोकेका पाँच व्यवसायहरु खोजी गरेका छौ ।

१. फुड ट्रक/ मोबाइल बार – पोखरामा पहिले देखापरिसकेको फुड ट्रक अहिले भने देख्न पाइएको छैन । फुड ट्रकमा मोमो, चाउमिन, बर्गर जस्ता छिटै तयार हुने फास्टफुडहरु तयार गरि पोखराका चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक जस्ता क्षेत्रमा खाजा पुर्याउन सकियो भने राम्रो व्यवसाय विकास गर्न सकिन्छ । पोखरा क्षेत्रको महङ्गो बहाल तिर्ने पैसा जोगिने हुँदा फुड ट्रकमा तुलनात्मक कम खर्च लाग्नेछ । यसबाट व्यवसायीलाई सस्तो मुल्यमै खाजा बेच्न प्रतिस्पर्धात्मक फाइदा पुग्ने देखिन्छ ।

२. वृद्ध तथा बालबालिकाको हेरचाह – विकसित देशमा निकै प्रचलित चाइल्ड एन्ड एज केयर नेपालमा भने खासै प्रचलनमा आएको देखिदैन । तर युवा पुस्ता व्यापक विदेशिँदा यो व्यवसायले बिस्तारै पोखरामा पनि फस्टाउँदै जाने सम्भावना देखिन्छ । पोखरालगायत ग्रामीण क्षेत्रमा पनि धेरैजसो घरमा हाल भेटिने वृद्ध आमाबुबाहरु नै हुन् । उनीहरुको हेरचाहबाहेक एक्लोपना मेट्ने कामलाई मात्रै पनि व्यवसायिक रुपमा अघि बढाउन सकिन्छ ।

३. मुभिङ कम्पनी : पोखरामा घर व्यवसाय सार्नुपरेमा निकै कष्टकर हुने गरेको छ । यसै सन्दर्भ व्यवसायिक घरव्यवसाय मुभिङ कम्पनी खोलेर सेवा दिन सके अर्को सम्भावित व्यवसाय बिस्तार गर्न सकिनेछ । यसका साथै यसमै कुरियर सेवा जोडेर कम्पनी बिस्तार गर्न सकिनेछ ।

४. औषधि कुरियर सेवा : औषधि कुरियर अर्को सम्भावना बोकेको व्यवसाय हो । पोखरामा ठुला औषधि पसलहरु एकै ठाउँमा एकत्रित रहेको हुँदा पोखरा आसपासका क्षेत्रमा सामान्य औषधि चाहिँदा पनि तिनै पसल क्षेत्रमा धाउनुपर्ने बाध्यता छ । साथै इमर्जेन्सी औषधि कुरियर सेवा पनि यस व्यवसायको महत्वपूर्ण पाटो बन्न सक्छ ।

५. आर्थिक परामर्शदाता : पोखरामा आर्थिक परामर्शदाता अर्को निकै सम्भावना बोकेको व्यवसाय हो । लाहुरेको शहर पोखरामा निकै ठूलो मात्रामा पैसा निष्क्रिय बसेको विज्ञहरु बताउँछन् । पैसाको उचित व्यवस्थापन गर्ने सेवा व्यवसायले नयाँ लगानीका स्रोत खोज्ने मात्र नभई लगानीकर्तालाई राम्रो प्रतिफलसमेत प्रदान गर्न सक्नेछ । लगानीका नयाँ नयाँ बाटो खुल्दै जाँदा ती बाटोबारे जानकारहरुले लगानीकर्ताको सम्पत्ति अधिकतम् ढङ्गले बढाउन मद्दत गर्न सक्नेछन् ।

यसबाहेक पोखरामा कृषि, पर्यटन, अनलाइन रिसेलिङ सम्बन्धित व्यवसायहरु सञ्चालन गर्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button