धादिङमा बस र माइक्रो ठोक्किँदा एकको मृत्यु

धादिङमा यात्रुवाहक बस र माइक्रो एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका -२ बिहानी पेट्रोल पम्प नजिकै आज करिब साढे १ बजे विपरीत दिशातर्फ यात्रा गरिरहेका बस र माइक्रोबस ठोक्किँदा एक महिलाको मृत्यु भएको हो । घटनामा काठमाडौँतर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका थिए हो ।

घटनामा माइक्रोबसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत भइसकेको छैन । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button