नेकपा एमालेको संसदीय दलको नेतामा केपी ओली निर्विरोध

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध रुपमा चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो ।

ओलीको प्रस्तावकका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थन रहेको थियो। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने जनाइएको छ । आज नेकपा (एमाले) पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा एक कार्यक्रममा बधाई दिइएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलगायत सहभागी रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button