
आजको पात्रो : आज पुस ९ गते २०७९ साल, शनिबार । तद्नुसार डिसेम्बर महिनाको २४ तारिख । पौषशुक्लपक्ष प्रतिपदा तिथि, आज तोलल्होसार परेको छ । पूर्वषाढा नक्षत्र, बृद्धि योग, बब करण, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५२ मा भयो भने सूर्यास्त ५ः१५ मा हुनेछ ।
शनिबार पिपलको वृक्षमा जल अभिषेक गर्दा शनि ग्रहको समस्याबाट मुक्ति पाइनेछ । शनिबार संकटा मन्दिरको दर्शन गर्दा पनि शुभ हुनेछ । शनि ग्रहहरुमध्ये सबैभन्दा कष्टकारक ग्रह मानिन्छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेका छन् । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुले पनि उर्जा मिल्नेछ । देवालय, शिवालय यात्राले मनमा शान्ति प्राप्त हुनेछ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – व्यापार व्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज यात्राका लागि सूर्योदयपछि मात्र निस्कनु बेस हुनेछ । शनिदेवको आराधना गर्नु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका लागि आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट फाइदा हुनेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुन सक्नुहुनेछ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन रहनु र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन परिवारसँगै घरको काम गरेर बस्नु नै उत्तम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । मन्दिर क्षेत्रमा गएर गरिब व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । बिहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुने योग रहेको छ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुनेछ । साना कन्यालाई केही खानेकुरा र वस्त्र दान दिनु होला । देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – कुनै कामको शुरुवात गर्नुभएको छ कार्यसम्पादनमा मेहनतपूर्वक लाग्नु होला । कलाकारिता र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । आजको दिन काम गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – यात्राको अवसर र सम्भावना हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दापछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्म सेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनुहोला । साना बालबालबालिकालाई केही खानेकुरा दिनुभयो भने उत्तम रहनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय बिताउँदा मीन राशिका जातकका लागि फाइदा पुग्नेछ । आजको दिन आफन्तजनसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउनेछ । आफूभन्दा ठूलाको सम्मानबाट आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।





