पोखरामा मगर सांस्कृतिक उत्सव हुँदै

नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा यही पुस ३० गते असहाय तथा विपन्न नागरिकको सहयोगार्थ “मगर सांस्कृतिक उत्सव–२०७९” हुने भएको छ ।

पोखरा सभागृहमा हुने उत्सवमा स्थापित कलाकारहरू ज्योति मगर, कुमार पुन, गीता पाइजा, नवीन रानालगायतका कलाकारहरूले सांगीतिक प्रस्तुती राख्ने अध्यक्ष सरिता सारूमगरले जानकारी दिनुभयो । अध्यक्ष सारूमगरका अनुसार उत्सवमा मगर जातिमा प्रचलित कौरा, सोरठी, घाँटु, झ्याउरेलगायतका मौलिक नृत्य समेत प्रस्तुत हुनेछन् ।

कार्यक्रममा वरिष्ठ गायिका एवं अभिनेत्री कविता आले र पत्रकार रूद्रबहादुर श्रीसलाई सम्मान गरिने सचिव वसन्ती थापामगरले जानकारी दिनुभयो । सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ गायिका आले र पत्रकारिता क्षेत्रमा योगदान गरेको पुर्याएको भन्दै पत्रकार श्रीसलाई सम्मान गर्न लागिएको सचिव थापामगरले बताउनुभयो । उत्सवलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरी तयारी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको भन्दै थापामगरले १५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको समेत जानकारी दिनुभयो । कार्यक्रमबाट खर्च कटाएर बचेको रकमबाट अक्षयकोष स्थापना गरी असहाय तथा विपन्न नागरिकका लागि खर्च गरिने अध्यक्ष सारूमगरले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button