
आजको पात्रो : आज पुस १० गते २०७९ साल, आइतबार । तद्नुसार डिसेम्बर महिनाको २५ तारिख, २०२२ । पौषकृष्णपक्ष द्वितीया, कौलव करण, उत्तरषाढा नक्षत्र, व्याघात योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५२ मा भयो भने सूर्यास्त ०५ः१५ मा हुनेछ । आजका देवता वायु, ग्रहदेव शुक्र हुन् ।
आइतबार सूर्यनारायणको दर्शन गर्नुहोला । आज क्रिश्चियन धर्मालम्बीले मनाउने क्रिसमस डे पनि हो । आज सरकारले सार्वजनिक विदा दिएको छ । आजको दिन लामो दुरीको यात्रा गर्दा पूर्व फर्केर यात्राको शुरुवात गर्नुहोला । आज ११ः४३ देखि १२ः२५ सम्मको समय शुभ रहेको छ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्नेछ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा बेस हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । मनमा सकारात्मक सोच र खुसीको खबरले उत्साह थपिनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – धनलाभ र नयाँ सुखद खबरले खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । तपाईलेको सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका कार्य सफल हुनेछन् । कसैसँग विवाद नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु बेस हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन अवश्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेको आफ्नो कार्य गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिनेछ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्नेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानि हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आजको दिन मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । आजको दिन बिहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौँ भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । चन्द्रमाको साथ रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकलाई आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । सुर्योदयको दर्शन गर्नुहोला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउनेछ । विद्यार्थी तथा शिक्षण क्षेत्रमा कार्य गर्ने मीन राशिका जातकले आजको दिन बिहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नति, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।





