मनकामना केबलकार अनिश्चितकालसम्मका लागि बन्द

गोरखाको मनकामना केबलकार सेवा अनिश्चितकाल सम्मका लागि बन्द भएको छ ।

आइतबार बेलुका विद्युुत आपूर्ति कटौती हुँदा केबलकारको प्यानलमा क्षति पुगेको कम्पनीले बताएको छ । साँझको करिब ७ बजे लाइन जाँदा प्यानलमा क्षति पुगेको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उक्त प्यानल मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने उहाँले बताउनुभयो ।

उक्त कम्पनीका प्राविधिक आउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button