कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी प्रहरी नियन्त्रणमा

कास्की जिल्लाको डिएसपी भएर आउन लागेका ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल इलाका प्रहरी कार्यालय बुटवलमा कार्यारत केसीलाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो । उनलाई आइतबार साँझ आफ्नै निवासबाटै नियन्त्रणमा लिइएको जनाइएको छ । केसी आज पोखरा आउने तयारीमा थिए ।

केसीमलाई गत मङ्सिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको आरोप लागेको छ । उनले सुन छुटाउन व्यापारीसँग २५ लाख रुपैयाँ मागेको र पैसा पनि बुझाइसकेको जनाइएको छ ।

प्रहरीको छानबिन टोलीले केसीको साथबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत नियन्त्रणमा लिएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button