आगामी साताभरि बदली रहने, वर्षाको पनि सम्भावना

आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भूभागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भूभागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै हिमाली भूभागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भूभागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भूभागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु-कुहिरो लाग्ने सम्भावना छ ।

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button