कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस २० गते २०७९ साल, बुधबार । तद्नुसार जनवरी महिनाको ४ तारिख, २०२३ । पौषशुक्लपक्ष त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५६ भयो भने सूर्यास्त ५ः२२ मा हुनेछ ।

बुधबार घर गृहस्थसम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आर्थिक कारोबार र ऋण लिनका लागि आजको दिन उपयुक्त रहेको छ । यात्राका लागि दिन शुभ रहेको छ । अचल सम्पत्तिका लागि कारोबार नगर्नुहोला । उत्तर दिशा फर्केर यात्रा गर्दा अशुभ हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । आज नयाँ कामको थालनी समेत हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानि हुनसक्छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थको बारेमा आफन्तसँग विवाद हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउनेछ । अध्ययन अध्यापनका काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । नियमित कामबाहेक अन्य काममा चासो नदिनु होला । मौन रहनु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन कर्कट राशिका जातकमा पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ । नियमित काम मात्र गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्रामा समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवश्य प्राप्त हुन्छ भन्ने सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका साथ देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको व्यवस्था गरिदिनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन सुुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । समाजको हितको काममा मन लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रशंसा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तजन र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ भने मित्रमण्डलीसँग नयाँ कार्ययोजना बन्नेछ । कन्यालाई भोजन र दान दिनुभएकामा उन्नति र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाई माथि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईको कामको अवमूल्यन गर्नसक्छ । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button