पोखरा २४ का वडाध्यक्षमाथि दलित महिला सदस्यलाई अपमान गरेको आरोप

पोखरा वडा नम्बर २४ का वडाध्यक्षले आफ्नै वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्दले गाली गरेको आरोप लागेको छ । वडाध्यक्ष भरतबहादुर अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरि लुट्न खोज्छेस् जस्ता शब्द प्रयोग गरेको भन्दै एमाले वडा कमिटी पोखरा-२४ कास्कीकोटले प्रेस विज्ञप्तिमार्फत विरोध गरेको छ ।

आज जारी विज्ञप्तिमा कमिटीले अधिकारीले “तेरो परिवारको हैसियत के हो, प्रदेश र संघीय कार्यालमा गएर बजेट ल्याएर कार्यान्वय गर । तँलाई महानगरले दिने तलब भत्ता बराबरका रकमका मानिस त मैले घरमा गरिराखेको छ । म यो रकम बराबरको रकम आफै गर्न सक्छु । तँ तलब भत्ता खान आएकी होस् घरमै बसेर खा” जस्ता अपमानजनक शब्द प्रयोग गरेको भन्दै सार्वजनिक रुपमा अभद्र जातीय विभेद र महिला हिंसा भएको जनाइएको छ ।

विज्ञप्तिमा अधिकारीलाई कानुन बमोजिम कारवाही गरि पीडितलाई न्याय दिन माग गरिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलन हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
अधिकारी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button