पोखरा महोत्सवको तयारी पुरा, मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्ने

यही पुस २७ गतेबाट हुने एघारौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौँ संस्करणको महोत्सवको बुधबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पोखरा महोत्सवको आम्दानीबाट पोखराकोबीच भागबाट बग्ने सेती नदी खोंचलाई साहसिक पर्यटकीय गन्तव्य निर्माण गर्न र क्लबको पोखरा २६ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने आवाशीय छात्रावास निर्माणलाई जोड दिइने क्लबका महासचिव तथा एघारौँ पोखरा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महासचिव सुनारका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रबर्द्धन र सेती नदी संरक्षणलाई यसपटक पनि निरन्तरता दिइनेछ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागी छुट्याइने क्लबको भनाई छ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु्यार्उने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, अर्थतन्त्र चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्याउने र उद्योगको प्रबर्द्धन गर्ने जस्ता उद्देश्य लिएको महासचिव दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रबर्द्धनका सामाग्रीहरुको प्रदर्शनी एवम् जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु सञ्चालन हुने जनाइएको छ ।

महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । त्यसैगरी कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

त्यसैगरी हाँस्य व्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, झाकी प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने भएको छ । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको व्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु पनि महोत्सवमा समावेश हुनेछन् ।

एघारौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ ।

त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. अफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ भने प्रबर्द्धकमा नेपाल टुरिजम बोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि रहेका छन् ।

त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लब रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसि न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेगाहर्ज रहेका छ । महोत्सवमा शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोसाकसहित)हरुलाइ निः शुल्क प्रवेश गराइनेछ । महोत्सवको मुख्यमन्त्री अधिकारीले बुधवार दिनको साढे बाह्र बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button