पोखरामा यती एयरको विमान दुर्घटनाग्रस्त, ठुलो मानवीय क्षति

पोखरामा यति एयरको विमान दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

पोखरा -१५ नयाँ गाउँ सेतीको खोंचमा यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमानबाट कम्तिमा ३० शव निकालिएको छ भने आगो निभाउने प्रयास गरिदैँ छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button