१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र

पोखरा, ०८ माघ । पोखरामा फागुन ६ गते हुने १७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।

सफल दूधको मुख्य प्रायोजन रहेको यस म्याराथनलाई भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले २३ वटा उपसमिती बनाएर द्रुतगतिमा काम अघि बढाएको छ ।

‘स्वास्थ्यको लागि, पोखराको लागि’ मूल नारा बोकेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनलाई सभ्य र भव्य बनाउन आयोजक, उपसमितिमा आबद्ध व्यक्ति, संघ संस्था तथा सुभेच्छुकहरु स्वस्फूर्तरुपमा लागि परेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

अध्यक्ष पराजुलीले मोफसलमा हुने देशकै सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाइ अन्तर्राष्ट्रिर्य स्थरमा चिनाउदै आइरहेको बताए । यो वर्ष म्याराथनको अन्तर्राष्ट्रियता छाता संगठन एसोसियसन अब इन्टरर्न्यासनल म्याराथन एण्ड डिष्टेन्स रेर्सस् (ब्क्ष्ःक् ) मा दर्ता भई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका कारण सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुट समेत एम्सवाट प्रमाणीकरण भएको पराजुलीले जानकारी दिए ।

म्याराथनलाई विशेष बनाउनकादै यसपटक धावकको दौड समय सटिक तरिकाले मापन गर्न म्याराथन र महिला हाफ म्याराथनका सहभागीहरुलाई चिप्सको प्रयोग गरिने भएको उनले बताए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका प्रथम बिजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैया प्रदान गरिनेछ । साथै अरु बिधाहरु जस्तै महिला हाफ म्याराथन, १० कि.मि पुरुष तथा महिला, ५ कि.मि छात्र÷छात्रा, ह्विल चियर तथा दृष्टिविहिन तर्फका पुरस्कार राशीमा पनि यसपटक बृद्धि गरिएको आयोजकको भनाई छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा.लि. को मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको छ । शारीरिक तन्दुरुस्ति र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाइ अझ प्रगाढ बनाउन म्याराथनलाई मुख्य प्रायोजकको रुपमा साथ दिदै आएको उल्लेख गरेको छ । उपभोत्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम राख्दै पोखरेली जनताको मन जित्न कार्यक्रमलाई सपोर्ट गरेको जनाउदै सफलले ६ गते हुन गइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागीता जनाउन आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button