पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधी गोलेलाई

दोश्रो स्थानमा जमुना थापा मगर

पोखरा न्यूज । एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधी लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधी संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज पाएको थियो ।

त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ, आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएको  महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button