आज ११ औं पोखरा महोत्सवको अन्तिम दिन

पोखरा न्यूज । पोखरामा जारी ११ औं पोखरा महोत्सव आजबाट सकिदै छ । यस अघि माघ ९ गते समापन हुने भनिएको  महोत्सवमा एक दिन समय थप गरेर आज समापन गर्न लागिएको हो  ।

माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरि आज समापन गर्न लागिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको अन्तिम दिन आज  लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सांझको कन्सर्ट तर्फ  एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने उनले बताए ।

पुष २७ गते सुरु भएको महोत्सवको आज  कास्की क्षेत्र नम्बर १ का सांसद मन बहादुर गुरुङले समापन गर्नेछन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button