पोखरामा भएको जहाज दुर्घटनाबारे पुनःविस्तृत निरीक्षण गरी विवरण सङ्कलन

पोखरा न्यूज । यती एयरलाइन्सको  जहाज दुर्घटनाबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले जहाज दुर्घटनस्थलबाट उपकरण र कागजात सङ्कलन गरेको छ ।

यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजका  आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्ड सङ्कलनको कार्य भएको जनाएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी गरेर सूचना लिने तथा  वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलन गरेको जनाएको छ । नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको समेत  विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अनुसन्धान जारी रहेको उल्लेख गर्दै आयोगले सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गर्ने जनाएको छ  ।

जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button