
पोखरा न्यूज । पुषको २७ देखी पोखराको अमरसिंह चौरमा सञ्चालन भएको ११ औं पोखरा महोत्सव सम्पन्न भएको छ ।
१४ दिनसम्म सञ्चालन भएको महोत्सवमा झन्डै १० करोड रकमको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवको करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेको र १० करोड बराबरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।
महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ ।
महोत्सवको मंगलबार कास्की क्षेत्र नम्बर १ का सांसद मन बहादुर गुरुङले समापन गरेका हुन् ।