सातौँ पर्वत महोत्सव आजदेखि

११ माघ, पर्वत । पर्वतमा आजदेखि  गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सव सुरु हुँदै छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा  सदरमुकाम कुश्माबजारमा सुरु हुने महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्नेछन्  ।

महोत्सव यस क्षेत्रको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने उधेश्यका साथ् आयोजना गरिएको  महोत्सवमा दुई सय ५० स्टल राखिएको छ  । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा ¥याफ्टिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् ।

विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको शार्थिक संयोजक ठाकुरबी पौडेलले जानकारी दिए ।

महोत्सवको अवसरमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button