सिएमसीको क्यान्सर अस्पताल आजदेखि औपचारिक सञ्चालनमा

चितवन मेडिकल कलेजद्वारा सञ्चालित सिएमसी क्यान्सर अस्पतालमा आज श्रीपञ्चमीको दिनबाट औपचारिक सेवा दिन शुरु गरिएको छ ।

मेडिकल टाउनका रुपमा विकास हुँदै गरेको चितवनमा निजी क्षेत्रबाट थप एक मेडिकल संस्था थपिएको हो । चितवनमै यस अघि क्यान्सर उपचारका लागि देशकै ठूलो बीपी कोइराला मेमोरीयल अस्पताल सरकारी स्तरमा सञ्चालनमा रहेको छ । हाल सञ्चालनमा आएको १०० बेड क्षमताको क्यान्सर अस्पतालले चितवनमा मेडिकल हब बनाउन थप टेवा दिने भएको छ ।

नयाँ बनेको क्यान्सर अस्पतालमा सरकारी अस्पतालकै बराबरको शुल्कमा क्यान्सर निदानको सेवा प्रदान गरिने जनाइएको छ । करिब दुई अर्बको लगानीमा सञ्चालनमा आएको अस्पतालमा क्यान्सर उपचारका विभिन्न मोडालिटीहरू सर्जरी, केमोथेरापी, रेडियोथेरापी, ब्रेकीथेरापी उपलब्ध हुने पनि जनाइएको छ ।

त्यस्तै अस्पतालमा दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिने रेडिएसन लिन्याक एक्सिलेरेटर मेसिन तथा उपचार नै नहुने भनिएको हाइपोग्लोसल स्वानोमालाई निको पार्ने स्टेरियोट्याक्टिक रेडियोसर्जरी मेसिन पनि जडान गरिएको छ । स्टेरियोट्याक्टिक रेडियोसर्जरीमार्फत शल्यक्रिया गर्न नसक्ने अवस्थाका बिरामी र शल्यक्रिया गर्न कठिन हुने स्थानका ट्युमरलाई उपचार गर्न सकिने जनाइएको छ ।

अस्पतालमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले सेवा दिने अस्पताल स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button