सबैको र स्वाभिमान लघुवित्तले घोषणा गरे लाभांश

सबैको र स्वाभिमान लघुवित्तले २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । सबैको लघुवित्तले १८.९४७ र स्वाभिमान लघुवित्तले २१.०५२६ प्रतिशत लाभांश दिने भएका हुन् ।

सबैको लघुवित्तले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९४७ प्रतिशत नगद लाभांश दिने भएको हो । गण्डकीको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्तले देशभरका ९० शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । अघिल्लो वर्ष सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो दिनको अन्तिम कारोबार अनुसार कम्पनीको सेयर मूल्य दोस्रो बजारमा ९९५ रुपैयाँ रहेको छ ।

त्यस्तै स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मुख्य कार्यालय रहेको लघुवित्तले प्रदेशका ८ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ । लघुवित्तले ३४ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

अघिल्लो वर्ष लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो दिनको अन्तिम कारोबार अनुसार कम्पनीको सेयर मूल्य दोस्रो बजारमा १५०७ रुपैयाँ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button