किन तालाबन्दी लाग्यो भर्खरै आइपिओ जारी गरेको सुपर मादीको साइट अफिसमा ?

भर्खरै आइपिओ जारी गरेको सुपर मादीको साइट अफिसमा मादी नदी सरोकार समिति र ताङ्गतिङ युवा क्लबले तालाबन्दी गरेका छन् ।

समिति र क्लबले संयुक्त रुपमा ११ बुँदे माग सहित सञ्चालनमा आउन लागेको सुपर मादी हाइड्रोपावरको कार्यालयले बन्द गरेको हुन् । मागमा स्थानीय सरकार मादी गाउँपालिकाले स्थापना कालबाटै अहिलेसम्म सुपर मादी हाइड्रोपावर प्रा.लि. ले प्रयोग गरेका स्थानीय श्रोत ( ढुङ्गा, गिटी, बालुवा ) को कर पनि नउठाएका जनाइएको छ । आन्दोलनरत पक्षले अहिलेसम्म आउनुपर्ने कार सबै उठाइ राज्यले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न मादी गाउँपालिकालाई अनुरोध गरेका छन् ।

त्यस्तै सम्झौता कार्यान्वयन र स्थानीय पीडितले राखेका मागहरु पूरा नभएसम्म तालाबन्दी कायम रहने मादी नदी सरोकार समिति नामार्जुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button