बाबर आजम बने आइसिसि वर्ष खेलाडी

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिको वर्ष खेलाडी घोषित भएका छन् । आजम सन् २०२२ को आइसिसि एकदिवसीय वर्ष खेलाडी पनि घोषित भइसकेका छन् ।

त्यसैगरी इङ्गल्यान्डका कप्तान बेन स्टोक्स आइसिसि टेस्ट प्लेयर अफ दि इयर घोषित हुँदा भारतका सुर्यकुमार यादव आइसिसि टिट्वान्टी वर्ष खेलाडी घोषित भएका छन् । दक्षिण अफ्रिकी तेज बलर मार्को यान्सन उदीयमान वर्ष खेलाडी घोषित भएका छन् भने एसोसियट राष्ट्रतर्फ नामिबियाका कप्तान जेरार्ड इरास्मस उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

महिलातर्फ इङ्गल्यान्डकी नाटाली साइभर आइसिसि एकदिवसीय तथा वर्ष खेलाडी घोषित हुँदा अस्ट्रेलियाकी ताह्लिया म्याकग्रा आइसिसि टिट्वान्टी वर्ष खेलाडी घोषित भएकी छिन् । भारतकी रेनुका सिंह २०२२ को उदीयमान खेलाडी घोषित हुँदा एसोसियट राष्ट्रतर्फ युएईकी इसा ओजा एसोसियट क्रिकेटर अफ डि इएर बनेकी छिन् ।

त्यस्तै रिचार्ड इलिङ्गवोर्थ दोस्रो पटक आइसिसिको उत्कृष्ट अम्पायर बन्न सफल भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button