शान्ति निकेतन स्कुलको नव निर्मित भवन उद्घाटन 

पोखरा-५ पर्स्याङमा निर्मित शान्ति निकेतन स्कुलको नयाँ भवनको सरस्वती पुजाको अवसर पारेर उद्घाटन गरिएको छ ।

आज सरस्वती पुजाको अवसरमा विद्यालयको नयाँ भवन र सरस्वती मन्दिरको समुद्घाटन तथा अक्षरारम्भ कार्यक्रम गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले बालबालिकामा नैतिक शिक्षाको अपरिहार्यता रहेको र अभिभावकहरुले पनि आफ्ना सन्तानका लागि उचित समय छुट्याउन पर्ने कुरामा जोड दिए ।

त्यस्तै स्कुलका संस्थापक/प्रिन्सिपल डा. महेश्वर पराजुलीले गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्न स्कुल सधै तल्लिन रहिरहेको र समयको माग अनुसार भोलिका दिनहरुमा परिस्कृत गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे । कार्यक्रममा स्कुलका संस्थापक पुरुषोत्तम पराजुलीले विद्यालयले भौतिक तथा शैक्षिक सुधारमा भएको प्रगतिलाई प्रशंसा गर्दै स्कुल प्रशासनलाई आभार व्यक्त गरे ।

कार्यक्रममा वैदिक मन्त्रोच्चारण सहित ७० जना विद्यालय जाने उमेर पुगेका साना बाबूनानीहरुले अक्षरारम्भ कार्यक्रममा समाबेश भएको जानकारी स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख भुवानी प्रसाद अधिकारीले दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भाइस प्रिन्सिपल यदुबिलास भुर्त्याल र परीक्षा प्रमुख हेम सुवेदीले आफ्ना विचार राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button