बडिगाड गाउँपालिकाले दियो विमान दुर्घटनामा ज्यान गुमाएका दुई परिवारलाई ५० हजार सहयोग

बडिगाड गाउँपालिकाले माघ १ गते भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका तीन जनाको दुई परिवारलाई ५०-५० हजार सहयोग गरेको छ ।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी बडिगाड गाउँपालिका ३ सिसाखानीकी निरा छन्त्याल र बडिगाड गाउँपालिकामा अमिन पदमा कार्यरत प्रदिप पौडेलको श्रीमती रचना काफ्ले पौडेल र छोरा रियान पौडेलको मृत्यु भएको थियो । गाउँपालिकाकी उपाध्यक्ष गण्डकी थापा अधिकारीले छन्त्याल र पौडेलको घर मै पुगेर ५०-५० हजार राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

राहत उपलब्ध गराउँदै अधिकारीले ‘हामीले राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिंगो राज्य स्तब्ध भएको अवस्था छ, यस घडीमा उहाँको परिवारलाई सहयोग आवश्यक छ’, भनेकी थिइन् । हाल अर्धोदयिक कर्मको लागि सहयोग हस्तान्तरण गरिएको र पछि पनि आवश्यकता अनुसार सहयोग गर्न गाउँपालिका तत्पर रहने उनको भनाई थियो ।

पोखरामा भएको विमान दुर्घटनामा विमानमा सवार सबै ६८ यात्रु र ४ क्याबिन क्रु गरि ७२ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button